काठमाडौँ महानगरपालिकाभित्रका विद्यार्थीले नेवारी भाषा अनिवार्य पढ्नु पर्ने भएको छ। अबदेखि काठमाडौँका हरेक निजि तथा सरकारी विद्यालयमा कक्षा १ देखि ८ सम्म अनिवार्यरुपमा नेवारी पढ्नैपर्ने भएको हो।
महानगरको कानुन अनुसार अब काठमाडौं महानगरपालिकाभित्र अध्ययनरत बालबालिकाले यस शैक्षिक सत्रदेखि १ सय पूर्णाङ्कको नेपाल भाषा (नेवारी भाषा) अनिवार्यरुपमा पढ्नुपर्ने भएको छ।
त्यसका लागि महानगरले ९२ विद्यालयका लागि १७२ शिक्षक नियुक्ति समेत गरिसकेको छ भने ६० लाखको पुस्तक किनेर बाँडिसकेको छ।