सरकारले मुस्लिम धर्मावलम्बीको पर्व ‘बकर इद’ को अवसरमा यही साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
मुस्लिम धर्मावलम्बीले आफूहरुको महत्वपूर्ण पर्वको अवसरमा सार्वजनिक बिदा दिन सरकारसँग माग गरेका थिए। सोही मागका आधारमा सरकारले बिदा दिने निर्णय गरेको कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
सरकारले भारतमा साताको तीन उडान गर्ने निर्णय गरेको छ । कोरोनाका कारण नियमित उडान तालिका यसअघि तलमाथि भएको थियो । हाल भारतमा साताको दुई उडान भइरहेको थियो । मन्त्रिपरिषद्को निर्णयपछि थप उडान हुनेछ ।