थप ३१०८ जनामा कोरोना संक्रमण पुष्टि, २५ जनाको मृत्यु

नेपालमा थप ३ हजार १०८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

देशभरमा १३ हजार १३५ जनाको नमुना परीक्षण गर्दा ३ हजार १०८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

हालसम्म ६ लाख ३४ हजार ९२७ जना कोरोना भाइरसबाट मुक्त भइ घर फर्किएका छन्। पछिल्लो २४ घण्टामा देशभर १ हजार ५९५ सङ्क्रमित निको भएर घर फर्किएका छन्।

त्यसैगरी पछिल्लो समय नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ सङ्क्रमितको मृत्यु भएको छ। योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ९ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ।    
 

प्रकाशित मिति: : 2021-07-20 16:52:00

प्रतिकृया दिनुहोस्