देउवा–सरकार सफल बनाउन माओवादीले साझा कार्यक्रम सञ्चालन गर्ने 

File photo
File photo

नेकपा माओवादीले गठबन्धनबीच साझा नीति तथा कार्यक्रम बनाउने भएको छ। शेरबहादुर देउवा नेतृत्वको सरकार सफल बनाउन साझा नीति कार्यक्रम बनाउन लागेको हो।

बुधबार बसेको पार्टीको स्थायी कमिटी बैठकले गठबन्धनको सरकारलाई सफल बनाउन साझा प्रतिवद्धता आवश्यक भएको ठहर गर्दै त्यस्तो कार्यक्रम गर्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका छन्। 

‘गठबन्धनको सरकारले साझा प्रतिवद्धताका साथ अघि बढ्नु पर्ने भएकोले तत्काल यस्तो कार्यक्रम बनाउन आव्हान गरेका छौं।’ श्रेष्ठले भने। 

 माओवादीले प्रतिगमनविरुद्ध संघर्ष सकिपछि नयाँ सरकारले पाएको विश्वासको मतको व्यवस्थित ढंगले सञ्चालन गर्ने विषयमा पनि बैठकमा छलफल भएको प्रवक्ता श्रेष्ठले बताए। 

यी नीति कार्यक्रमबाट कसरी अगाडि बढ्ने भन्ने बारेमा छलफल गर्न साउन २० गते बैठक बस्ने निर्णय समेत बैठकले गरेको छ। 
 

प्रकाशित मिति: : 2021-07-21 18:40:00

प्रतिकृया दिनुहोस्