भीम रावललाई भेटेर फर्किए माधव नेपाल 

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल नेता भीम रावललाई भेटेर फर्किएका छन्।  नेता नेपाल रावललाई भेट्न बुधबार साँझ उनकै निवास टोखा पुगेका थिए। 

नेपालले बोलाएको आजको स्थायी कमिटी बैठकमा रावल सहभागी नभएपछि नेता नेपाल उनकै निवासमा भेट्न पुगेका थिए। उनीहरू बीच करिब २ घण्टा  कुराकानी भएकाे नेपाल निकट एक नेताले बिएल नेपाली सेवासँग बताएका छन्। 

उनीहरू बीच भएकाे कुराकानीकाे बारेमा ती नेताले खुलाउन चाहेन्न। 

प्रधानमन्त्री शेरबहादुर देउवाले संसदमा विश्वासको मत लिनुअघि नै असन्तुष्टि जनाएर सांसद पदबाट राजीनामा दिएका रावल आजकाे बसेकाे नेपाल पक्षकाे बैठकमा सहभागी  भएका थिएनन्। 

रावल एमाले एकताका लागि गठित कार्यदलकाे नेपाल पक्षका संयाेजक हुन्। उक्त कार्यदलले  प्रस्ताव गरेकाे १० बुँदे सहमति पत्रमा नेता नेपालले हस्ताक्षर नगरेपछि रावलले असन्तुष्टि जनाउँदै आएका थिए। 

प्रकाशित मिति: : 2021-07-21 19:40:00

प्रतिकृया दिनुहोस्