योगी नरहरिनाथले कोटी होममा दलितलाई बोलाएपछि उठेको विद्रोह

२०५० साल, माघ महिनाको कुरा हो।

चितवनको माडी (साविकको बघौडा गाविसको बसन्तपुर नजिकैको रमाइलो डाँडा) मा कोटी होम महायज्ञ चल्दै थियो। कोटी होमका हर्ताकर्ता थिए योगी नरहरिनाथ।

वेद, वेदान्त, इतिहास, पुरातत्त्व, पुराणका ज्ञाता मानिने नरहरिनाथ विश्व हिन्दु महासंघका अध्यक्ष थिए। नरहरिनाथको दरबारसँग निकट सम्बन्ध रहेकाले कोटी होममा तत्कालीन राजा वीरेन्द्र शाह पनि सहभागी हुने चर्चा थियो।

आफ्नै प्रस्तावमा हुन लागेको कोटी होममा जातीय आधारमा कसैलाई विभेद नगरिने घोषणा नरहरिनाथले गरेका थिए। नरहरिनाथको यो घोषणाबाट माडी क्षेत्रको दलित समुदाय उत्साहित भयो। सार्वजनिक धारो, मन्दिरसमेत प्रवेश नपाएका उनीहरू कोटी होममै सहभागी हुन पाउँदा खुसी नहुने कुरै भएन। 

'नरहरिनाथले कोटी होमस्थलको माइकबाटै एउटै धर्म मान्नेहरू सबै बराबरी हुन्, सानो र ठूलो जात छैन भनेर सबैलाई सहभागी हुन आह्वान गरेका थिए,' राजनकुमार परियारले एउटा लेखमा लेखेका छन्।

'माडीको कोटी होम संघर्षः योगी नरहरिनाथको द्विविधा' शीर्षकको उक्त लेख 'दलनविरूद्धको प्रतिरोध' नामक किताबमा संकलित छ। यो किताब राजेन्द्र महर्जन र डा. यामबहादुर किसानले सम्पादन गरेका हुन्।

प्रकाशित मिति: : 2021-07-23 16:57:00

प्रतिकृया दिनुहोस्