सम्झनाको डायरीमा पुन हिल यात्रा

सेतोपाटी

रामबहादुर सिंखडा

वि सं. २०७६ जेठ महिनाको १ गते। 

उखरमाउलो गर्मीसँगै पुनर्निर्माण प्राधिकरण नुवाकोटमा  हाजिर भएँ। 

तोकिएको कार्यालय र समयमा हाजिर हुनु मेरो दायित्व भित्रैको कुरा थियो। छेवैमा बगिरहेको त्रिशूलीको मन्द हावामा समेत ऐतिहासिक नगरीले मन मष्तिकमा छुट्टै उत्सुकता थपिरहेको थियो।

जेठ महिनाको अन्तिम हप्ता। 

यसपालि मनसुन अलि ढिलै सुरू भएकोले नदीहरूले आफ्नो स्वरूप बदलिसकेका थिएनन्। वसन्त सकिएर गृष्म ऋतु प्रारम्भ भैसकेको थियो। मुनाहरूले जवानी लिइसकेकाले रूखहरूमा बाक्लै हरियाली देख्न सकिन्थ्यो। 

घुम्नु भनेको फिरन्तेको जस्तै समय कटाउनु मात्रै होइन। त्यसले दिने अभूतपूर्व सन्तुष्टि पनि हो। चिकित्सा विज्ञानले पनि भ्रमण गर्नु भनेको मानिसको रोगहरूको निदान र स्वस्थ जीवनका लागि अनिवार्य सर्त भएको यथार्थतालाई आत्मसात गरेको छ। यसर्थ घुमेर जीवनमा नयाँ अनुभव, ऊर्जा, उत्साह थप्न सकिने भएकोले बेला-बेलामा घुम्नु जरूरी पनि रहेछ।

 

प्रकाशित मिति: : 2021-07-24 16:47:00

प्रतिकृया दिनुहोस्