वेस्ट इन्डिजसँग अष्ट्रेलिया ४ ले पराजित

(Windiescricket/Twitter)
(Windiescricket/Twitter)

वेस्ट इन्डिजले दोस्रो एकदिवसीय क्रिकेटमा अष्ट्रेलियालाई पराजित गरेको छ।आइतबार भएको खेलमा वेस्ट इन्डिजले अष्ट्रेलियालाई ४ विकेटले पराजित गरेको हो।

अष्ट्रेलियाले दिएको १ सय ८८ रनको लक्ष्य वेस्ट इन्डिजले ३८ ओभरमा ६ विकेट गुमाएर १ सय ९१ रन बनाएर पूरा गर्यो।

वेस्ट इन्डिजलाई जित दिलाउँन निकोलस पुरनले अविजित रहँदै ५९ रनको अर्धशतकीय इनिङ्स खेले तथा जसन होल्डरले ५२ रनकाे अर्धशतकीय याेग्दान  गरे।

अष्ट्रेलियाका मिचेल स्टार्कले ३ तथा एडम जाम्पाको नाममा २ विकेट लिए।

सुरमा ब्याटिङ गरेको अष्ट्रेलियाले ४७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८७ रन बनाएको थियो। जसमा वेस अगरले सर्वाधिक ४१ रन जोडे। म्याथ्यु वेड र एडम जाम्पाले समान ३६ रन जोड्दा मिचेल स्टार्कले १९ रन जाेडे। वेस्ट इन्डिजका अकिल हुसेन र अल्जारी जोशेफले ३/३ विकेट लिए ।

पहिलाे खेलमा अष्ट्रेलिया विजयी भएकाे थियाे। वेष्ट इन्डिजकाे जितसँगै एकदिवसीय सिरिज १–१ काे बराबरी भएकाे छ। दुई टिमबीचको  जारी खेल सोमबार सकिने छ। 

प्रकाशित मिति: : 2021-07-25 08:23:00

प्रतिकृया दिनुहोस्