निर्वाचन आयोगको निर्णय आउनुअगावै रिट हाल्नु पराजित मानसिकताको उपज : महेन्द्रराय यादव [अन्तर्वार्ता]

आयोमेल

काठमाडौँ

धैर्यकान्त दत्त

एक वर्षअघि राजपा र समाजवादी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) विभाजनको अन्तिम बाटो कुरेर बसिरहेको छ। निर्वाचन आयोगले आधिकारिकतासम्बन्धी विवादमा ‘हेड काउन्ट’ का लागि सोमबार ११ बजे निर्वाचन आयोग बोलाएको छ।

‘हेड काउन्ट’ रोक्न अध्यक्ष महन्थ ठाकुरले सर्वोच्चमा दायर रिटमाथि अन्तरिम आदेश नआए सोमबार दुवैमध्ये एक पक्षले आधिकारिकता पाउने लगभग निश्चित छ। मधेश आन्दोलनको बलमा स्थापित जसपा विभाजन हुनुका कारणलगायतका विषयमा नेता महेन्द्रराय यादवसँग आयोमेलले गरेको कुराकानी-

‘हेड काउन्ट’ का लागि निर्वाचन आयोग जाने निर्णय भइसकेको हो?
निर्वाचन आयोगले सनाखतका लागि पत्र नै पठाइसकेको छ। उहाँहरू (महन्थ पक्ष) ले मुद्दा हाल्नुभएको छ। अब, सर्वोच्चबाट कस्तो आदेश आउँछ हेर्नैपर्ने हुन्छ। तर, हामी भोलि सनाखतका लागि जान तयार छौं।

सर्वोच्चले के गर्ला जस्तो लागेको छ?

हैन, कानुनलाई यसो हेर्दा अन्तरिम आदेश गर्नुपर्ने देखिँदैन। यो कानुन र न्यायालयको कुरा भयो। अनुमानको भरमा त्यतिकै भन्न मिल्दैन। अन्तरिम आदेश गर्न हुँदैन भनेर हाम्रो मागदाबी छ। अब के हुन्छ अहिले नै कसरी भन्ने?

 

प्रकाशित मिति: : 2021-07-25 19:26:00

प्रतिकृया दिनुहोस्