३२ औं गृष्मकालीन ओलम्पिक खेलकुद ‘टोकियो’ जापानमाकाे राजधानी टाेकियाेमा जारी।
ओलम्पिकमा चीनले सुखद सुरुवात गरेकाे छ। आइतबारसम्म कुल २९ स्वर्ण पदक ४० पदककाे छिनोफानो लाग्दा चीनले अग्रता कायम गरेकाे हाे। चीनले आइतबारसम्म ६ स्वर्णसहित कुल ११ पदक जितेको छ।
चीनले पहिलो दिनको राम्रो गतिलाई जारी राख्दै टोली चीनले आइतबार दिउँसो तीन स्वर्ण पदक जितेको हाे।
यस्तै, आयोजक जापान ५ स्वर्णसहित कुल ६ स्वर्ण जितेर दोस्रो स्थानमा रहेको छ।अमेरिका ४ स्वर्णसहित कुल १० पदक जितेर तेस्रो स्थानमा रहदा दक्षिण कोरिया २ स्वर्णसहित ५ पदक जिदै चौंथो स्थानमा रहेको छ।
Photo: Cui Meng/GT
सुरूवाती खेलमा शक्तिशाली प्रदर्शन गरेसँगै चीनका दर्शकहरूमा खुशीली छाएकाे छ। काेराेना महामारीका कारण दर्शकहरूले ओलम्पिक इन्टरनेट मार्फत हेरिरहेका छन्। चीनका सामाजिक सञ्जालमा सबै भन्दा चर्चित विषय नै यही बनेकाे छ।