अमेरिका जाँदा ७५ लाख झ्वाम, मेक्सिको पुग्दा नांगै (भिडिओ)

सास्ती खेपेर फर्केपछि गर्दैछन् तरकारी खेती

सेतोपाटी

नारायण खड्का

अमेरिका उड्ने सपनामा मस्त थिए यज्ञबहादुर बस्नेत। मानौं उनका पखेटा उम्रिरहेका छन् र भुर्र उडेर पुग्नेछन्!

 

उनका पखेटा त उम्रेनन् तर अमेरिका उड्ने सपना पूरा हुने भयो। २०७५ साल वैशाख ३ गते आमाबुवासँग आर्शीवाद थापी उनी अमेरिका जान हिँडे।

तुलसीपुर उपमहानगरपालिका-१० गौरीगाउँका यज्ञसँगै तुलसीपुर-८ अश्वार र घोराहीका दुई युवा पनि थिए। चिनजानका नेपाली एजेन्टमार्फत भारत हुँदै अमेरिका जाने तरखर थियो। यज्ञले एजेन्टलाई ३२ लाख रूपैयाँ बुझाउने मौखिक सहमति गरेका थिए। एजेन्ट खोज्ने, रकम छिनोफानो गर्ने लगायत सबै काम आफैं गरे। 

उनका आमाबुवा खेतीपाती गर्छन्। दाजु पारस आर्युवेदिक डाक्टर हुन्। यज्ञलाई सकभर विदेश नजान, यहीँ काम गर्न सबैले सम्झाउन खोजे। तर यज्ञले अमेरिका जाने सपना किशोर उमेरदेखि नै देखेका थिए। यही सपनाका भरमा १२ कक्षाभन्दा थप पढ्न चासो पनि दिएनन्।

कान्छा छोराको जिद्दी अगाडि परिवारको जोर चलेन। उनलाई अमेरिका पठाउन परिवारले सात/आठ कठ्ठा जग्गा बेच्यो। यज्ञलाई चिन्ता थिएन, लागेको थियो- अमेरिका पुगेपछि लाखौं, करोडौं कमाएर पठाइहाल्छु। अहिले बेच्नु परेकोभन्दा दोब्बर धान, गहुँ, मुसुरो उब्जिने खेत किन्छु।

 

प्रकाशित मिति: : 2021-07-26 20:20:00

प्रतिकृया दिनुहोस्