त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १ किलो १ सय ६५ ग्राम सुनसहित एक जना पक्राउ परेको छ।
गोरखा घर भएका २८ वर्षीय पदम परियारलाई सुनसहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको हो।
हिमालय एयरको उडानद्वारा दुबईबाट काठमाडौं आएका उनलाई विमानस्थलमा खटिएको प्रहरीले विमानस्थलस्थित आन्तरिकतर्फको भन्सारमा जाँच गर्ने क्रममा सुटकेशभित्र फलामे धातुको कप आकारको बस्तुमा उक्त सुन लुकाई ल्याउँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो।
उनलाई उक्त सुनसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा राखी थप अनुसन्धान भइरहेको छ।