प्रदेश नं १ मा एक हजार १८० जना कोरोना संक्रमित 

Symbolic photo
Symbolic photo

प्रदेश नं १ मा पछिल्लो २४ घण्टामा एक हजार १८० जनामा सङ्क्रमण पुष्टि भएको छ। 

सो अवधिमा दुई हजार १२४ जनाको पिसिआर परीक्षण गर्दा ६७८ र एक हजार ७२८ जनाको एन्टिजेन परीक्षण गर्दा ५०२ जनामा कोरोना सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

सङ्क्रमित हुनेमा झापामा २६६, मोरङमा १८८ मध्ये विराटनगरमा ४१, सुनसरीमा १७३, धनकुटामा १२, उदयपुर र तेह्रथुममा पाँचः इलाममा चार, भोजपुरमा तीन, ताप्लेजुङ, ओखलढुङ्गा र सङ्खुवासभामा एक÷एक र प्रदेश बाहिरका १९ जना रहेका छन्। 

प्रदेशमा उक्त अवधिमा २०२ जना सङ्क्रमणमुक्त भएकामध्ये ७८ महिला र १२४ पुरुष रहेका छन्। यसैगरी सोही अवधिमा प्रदेश नौ जनाको मृत्यु भएकामध्ये चार महिला र पाँच पुरुष रहेको मन्त्रालयले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-07-28 21:48:00

प्रतिकृया दिनुहोस्