चार्टर्ड उडानमा यात्रु ठगिँदा पनि नियामक निकायको लाचारी, बिचौलियालाई चोख्याउने प्रतिवेदन तयार !

लोकान्तर

काठमाडौं

कोरोना महामारीको समयमा अन्तर्राष्ट्रिय चार्टर्ड उडानमा यात्रुसँग चर्को हवाइ भाडा लिएर ठगी गरेको सार्वजनिक भइसके पनि सरकारी छानबिन भने टालटुले हिसाबले सम्पन्न भएको छ ।

यात्रुहरूले आफूहरू ठगिएको भन्दै सार्वजनिक अभिव्यक्ति दिनुका साथै उजुरी समेत गरेपनि छानबिन समितिले ठगी नै भेट्न सकेन ।

कोरोना महामारीको मौका छोपेर हाकाहाकी चार गुणाभन्दा बढी हवाई भाडा असुलेका वायु सेवा कम्पनी तथा ट्राभल एजेन्सीलाई कारवाही गर्नुपर्ने अवस्थामा सरकारी छानबिन समितिले ठगी नै नदेखेपछि उनीहरूले उन्मुक्ति पाउने भएका छन्।

सरकारी छानबिन समितिले यात्रुहरूसँग ठगी नभएको आसयको प्रतिवेदन बुझाउँदैछ । तोकिएको दरभन्दा चार गुणासम्म बढी हवाई भाडा असुल गरिएको भनेर व्यापक गुनासो आए पनि सरकारी छानबिन समितिले गरेको छानबिन औपचारिकतामा मात्र सीमित भएको छ।

छानबिन समितिका संयोजक राजन पोखरेलका अनुसार कुन एयरलाइन्स वा कुन ट्राभल एजेन्सीले यात्रुलाई ठगी गर्‍यो भन्दा पनि अबको दिनमा सुधार गर्नुपर्ने कुराहरू के-के हुन् भनेर सरकारलाई सुझाव दिने गरी प्रतिवेदन तयार गरिएको छ ।

प्रकाशित मिति: : 2021-07-29 15:14:00

प्रतिकृया दिनुहोस्