पब्जी: प्रख्यात अनलाइन खेलमाथि प्रतिबन्ध लगाउने माग किन पटकपटक दोहरिन्छ?

बिबिसी

काठमाडौं

नेपालमा विशेषगरी पब्जी खेलमा प्रतिबन्ध लगाइनुपर्ने कुरा उठेको यो पहिलो पटक भने होइन।

प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिस्ट पार्टी एमालेकी बिकले सरकारले अनलाइन खेलहरू बन्द नगरे अभिभावक न्याय खोज्दै अदालतका ढोकामा पुग्ने दिन आउनसक्ने बताइन्।

नेकपाले नेतृत्व गरेको सरकारले यसअघि एकपटक पब्जी खेलमा प्रतिबन्ध लगाएको थियो तर सर्वोच्च अदालतको अन्तरिम आदेशले त्यो लागु भएन।

केही अभिभावकहरूले यसले बालबालिकामा ''नकारात्मक प्रभाव पारिरहेको'' र दूरगामी ''मानसिक प्रभाव पार्न सक्ने'' बताउँदै प्रतिबन्धको विषय उठाउने गरेका छन्।

प्रतिनिधिसभामै विषय उठान गरिएको पब्जी खेल के हो?

यो खेल्न अभ्यस्त प्रयोगकर्ताहरू यसको बारेमा के भन्छन्?

'सामान्य अनलाइन खेल'

सक्रिय रूपमा पब्जी खेल्नेहरूका अनुसार इन्टरनेटमा विभिन्न स्थानमा रहेका मानिसहरू एउटै खेलमा सहभागी हुनसक्ने थुप्रै खेलहरूमध्ये यो एक खेल हो।

पछिल्लो समय नेपालमा व्यक्तिगत रूपमा मात्रै नभएर व्यावसायिक रूपमा पनि पब्जी खेल्ने गरिएको छ।

सुरुमा पब्जी समूह रहेका पनि हाल कम्पनीकै रूपमा स्थापित भएका छन्।

तिनैमध्ये एक डीआरएस गेमिङका व्यवस्थापन प्रमुख सङ्गीन भट्टराईका अनुसार पब्जी खेलमा एउटा टोलीमा चार जनासम्म खेलाडीहरूले खेल्न पाउँछन्।

प्रकाशित मिति: : 2021-07-29 16:58:00

प्रतिकृया दिनुहोस्