राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाहा अलमुताइरीले घोषणा गरेको राजीनामा प्रकरण मन्त्रालयसम्म पुगेको छ।
शुक्रबार बसेको 'एन्फा' कार्य समितिको आकस्मिक बैठकले यस घटनाबारे युवा तथा खेलकुद मन्त्रालयलाई छानविन गर्न सिफारिश गरेको हो। यससँगै अब यो विषयलाई मन्त्रालयले टुंगो लगाउने छ।
प्रशिक्षक अलमुताइरीले एन्फाका वरिष्ठ उपाध्यक्ष पंकज नेम्बाङ कारण आफूले राजीनामा दिने घोषणा गरेपछि यो विषयले एकाएक चर्चा पाएको थियो।
अलमुताइरीले वरिष्ठ उपाध्यक्ष र दुई पत्रकारमाथि छानविनको माग गर्दै निवेदनसमेत दिइसकेका छन्।