हिसिलाको पुस्तकमा माओवादीको चरित्र चित्रण

‘विद्रोहीदेखि प्रथम महिलासम्म’ पुस्तकको चर्चा

रातोपाटी

काठमाडौं

नेपालको राजनीतिक परिदृश्यको एक सुपरिचित नाम हिसिला, विज्ञताले एक आर्किटेक्ट र विद्यार्थी कालदेखि हाल साठीको दशकमा उक्लँदै गर्दा राजनीतिमा निरन्तर सक्रिय व्यक्तित्व हो। हालै पेन्गुइन बुक्सद्वारा प्रकाशित पुस्तक, ‘हिसिला विद्रोहीदेखि प्रथम महिलासम्म’ चर्चामा छ।

१० वर्षे उमेरबाट काठमाडौँ छोडी भारतमा अध्ययन गरेकी निजले स्नातक स्कुल अफ प्लानिङ एन्ड आर्किटेक्ट नयाँ दिल्लीबाट पूरा गरिन्। भारतमा छँदै बाबुराम भट्टराईसँग प्रेम विवाह गरेकी उनकोे स्नातकोत्तरको अध्ययन एक छोरी मानुषीको जन्मपछि न्युक्साल युनिभर्सिटी यूकेबाट २०५०/०५१ मा सम्पन्न गरिन्।

 

भारतमा आर्किटेक्ट इन्जिनियरिङ अध्ययनकै क्रममा बाबुराम भट्टराईलगायत अन्य नेपाली विद्यार्थीको सङ्गतले अखिल भारत नेपाली विद्यार्थी सङ्घको माध्ययमबाट नेपालको राजनीतिमा कदम उठाएकी उनी नेपाल फर्किएपछि पनि विविध राजनीतिक र सामाजिक सङ्घ संस्थामा निरन्तर आबद्ध रहिन्।

अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी) को केन्द्रीय अध्यक्ष, इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा १३ वर्षसम्म अध्यापन, राष्ट्रिय, अन्तर्राष्ट्रिय सङ्घ संस्थासँग जोडिँदै सामाजिक कार्यमा पनि उत्तिकै पहलकदमी बढाएकी यी लेखिकाको राजनीति नै हालसम्मको मुख्य दिनचर्या बन्यो।

प्रकाशित मिति: : 2021-07-31 14:02:00

प्रतिकृया दिनुहोस्