तीन हजार १०६ नयाँ संक्रमित थपिए, एकैदिन २३ जनाकाे मृत्यु

File photo
File photo

आज (शनिबार) देशभरमा तीन हजार १०६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।

पछिल्लो २४ घण्टामा ९ हजार २६३ नमूना पिसिआर परीक्षण गरिएकोमा २ हजार २८० मा संक्रमित र चार हजार २५६ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८२६ जना संक्रमित गरी तीन हजार १०६ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य जनसंख्या मन्त्रालयले जनाएको छ।

कुल १३ हजार ५१९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्। कोरोनाबाटै २४ घण्टामा २३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। 
 

प्रकाशित मिति: : 2021-07-31 16:57:00

प्रतिकृया दिनुहोस्