सहिद स्मारक 'ए' डिभिजन लिग फुटबल कात्तिककाे अन्तिम साताबाट सुरु हुने भएको छ।
एन्फाले आइतबार 'ए' डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो। यससँगै अब लिग कात्तिक २९ गतेबाट सुरु हुनेछ।
यस अघि एन्फाले लिग असोज ३ गतेबाट सुरु हुने जनाएकाे थियाे। तर काेराेना महामारी अझै कम नभएकाे भन्दै मिति सारिएकाे हाे।
साफ आयोजनाको लागि पनि नेपाल र माल्दिभ्सले दाबी पेश गरिसकेको छन्।