राष्ट्रिय फुटवल टिमका प्रमुख प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले माफी मागेका छन्। उनले एक महिना अघि एक अनलाइन मिडियामा अन्तर्वार्ता दिएकोप्रति साेमबार सामाजिक सञ्जाल मार्फत माफी मागेका हुन्।
‘गत महिना एक अनलाइन मिडियामा दिएको अन्तर्वार्ताप्रति म क्षमायाचना गर्न चाहन्छु,’ उनले फेसबुकमा लेखेका छन्, ‘म सबै नेपाली जनता विशेष रुपमा पूर्व खेलाडी, प्रशिक्षक र जसले मेरो कुरा गलत रुपमा बुझे म उनीहरूसँग माफी माग्दछु।’
अनलाइन मिडिया नेप्लेजसँग अन्तर्वार्ता दिँदै मुख्य प्रशिक्षक अल्मुताइरीले विगत ३० वर्षमा नेपाली खेलाडीले विदेश मात्र घुमेको बताएपछि उनको सर्वत्र आलोचना भएको थियो।