प्रदेश नं १ मा थप ७७३ जना कोरोना सङ्क्रमित

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ७७३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सो अवधिमा एक हजार ५४९ जनाको पीसीआर परीक्षण गर्दा ४११ र एक हजार १६३ जनाको एन्टिजेन परीक्षण गर्दा ३६२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १३२, सुनसरीमा ११३, झापामा ११२, धनकुटामा २३, इलाममा छ, उदयपुरमा पाँच, खोटाङमा तीन, पाँचथर र तेह्रथुममा दुई–दुई, सङ्खुवासभामा एक र प्रदेश बाहिरका १२ जनामा सङ्क्रमण देखिएको छ। 

सोही अवधिमा प्रदेशमा ८३४ जना सङ्क्रमणमुक्त भएका छन् । सङ्क्रमणमुक्त हुनेमा ३७९ महिला र ४५५ पुरुष रहेको छन्। सो अवधिमा यसै कारण चार महिलासहित ११ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । आज विराटनगरमा कोही पनि सङ्क्रमित भएनन्। रासस 

प्रकाशित मिति: : 2021-08-02 19:35:00

प्रतिकृया दिनुहोस्