आफ्नो पद जोगाइदिएका एमाले सांसदको पद जाँदा मुख्यमन्त्री शाही झन् ढुक्क, अब के हुन्छ कर्णालीमा?

पहिलोपोष्ट

काठमाडौं

सुर्खेत : यसअघि पटक पटक धरापमा परेको मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको कर्णाली सरकार सर्वोच्च अदालतको पछिल्लो फैसलापछि थप सुरक्षित बनेको छ।

सोमबार सर्वोच्च अदालतको फैसलापछि फ्लोरक्रस गरेका एमालेका प्रकाश ज्वाला, अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिं बुढालाई पदमुक्त भएपछि नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनको कर्णाली सरकार थप सुरक्षित बनेको हो।

गत वैशाख ३ गते संसदीय दलको ह्विप अर्थात निर्देशन उल्लंघन गरी एमालेका चार सांसदले मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए।

संसदीय दलको निर्देशनविपरीत विश्वासको मत दिएका उनै चार सांसदले मुख्यमन्त्री शाहीको पद जोगिएको थियो।

तत्कालिन नेकपा हुदैँ गर्दा गत असोजमा मुख्यमन्त्री शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएसँगै एमाले दुई खेमा विभाजित बन्दा त्यसको फाइदा मुख्यमन्त्री शाहीले बटुलेका थिए। जसको परिणामले स्पस्ट अल्पमतमा रहेको माओवादी नेतृत्वको सरकार टिकिरहयो।

सर्वोच्चको फैसलाले एमालेका चार सांसद पदमुक्तपछि मुख्यमन्त्री शाही सरकार स्पस्ट बहुमतमा छ। कांग्रेससँगको सत्ता समिकरणले मुख्यमन्त्रीमा शाहीलाई निर्धक्क बनाएको छ।

प्रकाशित मिति: : 2021-08-03 08:37:00

प्रतिकृया दिनुहोस्