चर्चित भारतीय रियालिटी शो बिगबोस को सिजन १४ बाट चर्चामा आएकी अभिनेत्री हुन्, रुबिना दिलैक।
उनले यसअघि पनि दर्जनौ टेलिसिरियलमा काम गरिसकेकी थिइन्। तर उनको लागि बिगबोसनै टर्निङ पोइन्ट बन्यो।
त्यसो त यतिबेला उनी पलाश मुछालले निर्माण गर्न लागेको नयाँ चलचित्रमार्फत ठूलो पर्दामा देखिन लागेको चर्चा पनि सुरु भएको छ।
उनी समाजिक सञ्जालमा पनि निकै सक्रिय रहन्छिन्। उनले इन्स्टाग्राममा शेयर गर्ने विभिन्न तस्वीरहरु बेलाबेला भाइरल पनि हुँदै आएका छन्।
हालैले उनले एक नयाँ फोटोशुट गराएकी छन्। उनको उक्त फोटोशुट यतिबेला समाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ।