प्रदेश २ का प्रहरी हिरासतभित्र किन जान्छ दलित समुदायका थुनुवाको ज्यान?

सेतोपाटी

जनकपुरधाम

प्रहरी हिरासतभित्रै पल्टु रविदासको मृत्यु भएपछि अहिले धनुषा प्रहरीविरूद्ध दिनहुँ प्रदर्शन भइरहेका छन्। घटनाको छानबिन, दोषीलाई कडा कारबाही र क्षतिपूर्ति माग्दै दलित अगुवा तथा विभिन्न संगठन आन्दोलनमा उत्रिएका छन्।

साउन १५ गते बिहान ४ बजे जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतभित्र शौचालयमा झुन्डिएको अवस्थामा भेटिएका लक्ष्मीनियाँ गाउँपालिका-२ का ४० वर्षीय पल्टुको शव परिवारले अझै बुझ्न मानेका छैनन्। आर्थिक अभाव र जेल बस्नुपर्ने डरले तनावमा आएर पल्टुले आत्महत्या गरेको प्रहरीले दाबी गरे पनि उनको परिवार तथा दलित अगुवा तथा संगठनले हत्या गरिएको आरोप लगाउँदै आन्दोलन गरिरहेका छन्।

आफूहरूको माग सम्बोधन नभए प्रदेशभर अझै सशक्त आन्दोलन चर्काउने उनीहरूको चेतावनी छ।

प्रहरीले भने पल्टुले आत्महत्या नै गरेको दाबी गरिरहेको छ। छानबिन गर्न समिति बनाएको छ।

पीडितलाई भने प्रहरीको दाबी पत्याउन मुस्किल छ किनभने प्रदेश २ का प्रहरी हिरासतमा ज्यान गुमाउने पल्टु पहिलो व्यक्ति होइनन्।

प्रकाशित मिति: : 2021-08-03 15:17:00

प्रतिकृया दिनुहोस्