सन्यासपछि पारस खड्काको रुचि क्यानको नेतृत्वमा जाने

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले आफू क्रिकेट व्यवस्थापनमा लाग्न चाहेको बताएका छन्। बुधबार पत्रकार सम्मेलन गर्दै पारसले आफू क्रिकेट व्यवस्थापनको रुपमा अगाडि बढ्ने बताएका हुन्।

मंगलबार मात्रै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका पारसले नेपाल क्रिकेट संघ (क्यान)मा जाने र व्यवस्थापनको भूमिकामा जान चाहेकाे बताएका छन्।

‘मेरो अन्तर्राष्ट्रिय खेलको सन्यास क्रिकेटबाट टाढा हुनु होइन्’ खड्काले भने,‘अब मेरो पहिलो प्राथमिकता भनेको क्रिकेट व्यवस्थापनमा लाग्ने हो।’

उनले क्रिकेट एकेडमी खोल्ने र त्यसलाई देशैभरी लैजाने योजनामा रहेका बताएका छन्।  त्यस्तै उनले अवसर आएमा राजनीति जीवनमा पनि जान सक्ने समेत बताएका छन्। 

प्रकाशित मिति: : 2021-08-04 15:30:00

प्रतिकृया दिनुहोस्