नेकपा एमालेका वरिष्ठ नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालको मिर्गौला प्रत्यारोपण सफल भएको छ।
भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचाररत खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।
सर्जन डाक्टर सन्दीप गुलेरियाको नेतृत्वमा रहेको टिमले खनालको मिर्गौलाको प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको भट्टराईले बताए।
‘अब उहाँ केही समय अस्पतालमै आराम गर्नुहुनेछ र आराम भएपश्चात् नेपाल फर्किनु हुनेछ’, उनले भने।
खनाल गत असार २ गते अस्पताल भर्ना भएका थिए।