युवकलाई डोरीले बाँधेर कुटपिट गर्ने जाजरकोटको जुनीचाँदे गाउँपालिका वडा नं २ का वडाध्यक्ष रामबहादुर नेपाली पक्राउ परेका छन्।
उनले साउन १५ गते स्थानीय प्रेम दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए। नेपालीलाई बिहीबार जाजरकोट प्रहरीले घरबाटै पक्राउ गरेको हो।
उनलाई सोधपुछका लागि सदमुकाम ल्याइएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ।
उक्ट कुटपिटको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल बनेको छ। स्थानीयका अनुसार दमाईले आफ्नो बच्चाले पाउने बाल पोषणको रकम माग गरेका थिए। तर सोही विषयमा विवाद हुँदा वडाध्यक्ष नेपालीले दमाईमाथि कुटपिट गरेको स्थानीयले बताएका छन्।