प्रधानमन्त्री देउवाको सचिवालयले बनाएको 'प्रोपागान्डा' भिडिओ

'यस्तै भिडिओ डेढ-दुई सय वटा बनाउने योजना छ'

सेतोपाटी

काठमाडौं

जब कुनै व्यक्तिको स्वस्फुर्त प्रशंसा हुन्छ, त्यो प्रशंसाले उसको कद बढाउँछ। तर जब व्यक्ति सुनियोजित रूपमा आफ्नो प्रशंसाको पुल बाँध्न थाल्छ तब त्यसले उसको कद बढाउँदैन, बरू ऊ समाजमा खिसीट्युरीको विषय बन्छ।

प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अहिले त्यस्तै आत्मप्रशंसा र प्रोपागान्डामूलक भिडिओका कारण खिसीट्युरीको विषय बनेका छन्।

केही दिनदेखि देउवाको बखान गरेर विभिन्न व्यक्तिका भिडिओहरू सामाजिक सञ्जालमा सार्वजनिक भइरहेका छन्।

पहिलो भिडिओ एक साताअघि आएको थियो जसमा डडेलधुराका तीर्थ शाहीले देउवालाई बिपी कोइरालासँग दाँजेका थिए। उनले भिडिओमा भनेका थिए, 'बिपी कोइराला शेरबहादुर देउवालाई बिना श्रीपेचका राजकुमार हुन् भन्नुहुन्थ्यो।'

त्यसको केही दिनमै बुधबार दिउँसो फेरि अर्को भिडिओ सार्वजनिक भयो।

माइती नेपालकी अध्यक्ष तथा बागमती प्रदेशकी पूर्वप्रमुख अनुराधा कोइरालाले भिडिओमा देउवाको गुणगान गाउँदै भनेकी छन्, ‘शेरबहादुरजी २४ सै घन्टा पार्टीको लागि काम गर्ने, सबै असन्तुष्ट व्यक्तिलाई मिलाउने दृढता भएको मान्छे हो।’

प्रकाशित मिति: : 2021-08-05 17:55:00

प्रतिकृया दिनुहोस्