प्रदेश नं १ मा ८४७ जनामा कोरोना सङ्क्रमण

Symbolic photo
Symbolic photo

पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा ८४७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ। 

सो अवधिमा एक हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ५६५ र एक हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा ४८२ जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। 

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४ जनामध्ये विराटनगरमा ४९, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा छ, भोजपुरमा दुई, इलाम र तेह्रथुममा चार÷चार र प्रदेश बाहिरका सात जनामा सङ्क्रमण देखिएको छ। 

सो अवधिमा प्रदेशमा आज ४६५ जना कोरोना सङ्क्रमणमुक्त भएका छन्। जसमा २१९ महिला र ३४६ पुरुष  छन्। पछिल्लो २४ घण्टामा  दुई महिलासहित सात जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ। रासस 

प्रकाशित मिति: : 2021-08-06 19:52:00

प्रतिकृया दिनुहोस्