एक निर्दोष नेपाली जो २० वर्ष भारतीय जेलमा थुनिए

अनलाइनखबर

काठमाडौँ

संगीत मगर

वसन्त यसै पनि राजा ऋतु । त्यसमाथि गाउँमा नयाँ उल्लास थपिएको छ । बाजा घन्किएको छ । हूलका हूल मानिस नरेन्द्र मगरको बाटो हेरिरहेका छन्, जो पूरा २४ वर्षपछि गाउँ फर्कंदैछन् ।

२८ वर्षअघि नरेन्द्र र ढुंगी रोका विवाह बन्धनमा बाँधिदा बेस्सरी पानी परेको थियो । गाउँका बूढापाकाले कानेखुसी गरेका थिए– ‘यस्तरी पानी पर्नु त शुभ–संकेत होइन है ।’यो खासखुस दुलहा–दुलहीको कानमा पनि पुग्यो । तर, इष्टमित्रले सम्झाए– ‘जोडी मिलेकै छ, तिमेरलाई केही हुन्न ।’

विवाहपछिका चार वर्ष ठीकठाकसँग बित्यो । एक छोरा र एक छोरी जन्मिए । प्रधानपञ्चका माइला छोरा नरेन्द्रलाई खासै दुःख थिएन । असल व्यवहार र कामकाजी स्वभावका कारण उनी गाउँमा सबैको प्यारो थिए ।

एक दिन अचानक उनको छाती दुख्न थाल्यो । देशमा माओवादीले युद्ध चर्काइरहेको बेला उनको छातीको व्यथा बढ्दै गयो । उपचारका लागि धनगढी, नेपालगञ्ज वा काठमाडौं जान रोल्पा, जेल्बाङका मगरका लागि खतरापूर्ण थियो । कालापार (भारत) मा भने आफन्त पनि थिए ।

प्रकाशित मिति: : 2021-08-07 21:24:00

प्रतिकृया दिनुहोस्