२५४८ जना कोरोना संक्रमित थपिए, ५५ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा नेपालमा २ हजार ५४८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ९ हजार ३३ पीसीआर परीक्षण गर्दा २ हजार १३७ जना र ३ हजार ३४५ एन्टिजेन परीक्षण गर्दा ४११ गरी २ हजार ५४८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा २ हजार २९ जना सङ्क्रमणमुक्त भएका छन्। योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ६ लाख ६९ हजार २९९ जना पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण ५५ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। अहिलेसम्म नेपालमा कोरोना भाइरस सङ्क्रमणका कारण १० हजार ९३ जनाको मृत्यु भइसकेको छ। 

प्रकाशित मिति: : 2021-08-08 16:15:00

प्रतिकृया दिनुहोस्