अर्जेन्टिनी फरवार्ड लियोनल मेस्सीले आफु एकदिन बार्सिलोना फर्कने आउने बताएका छन्। क्याम्प नाउमा आइतबार पत्रकार सम्मेलन गर्दै मेस्सीले आफु बार्सिलोना फर्कने आउने बताएका हुन्।
मेस्सीले बार्सिलोना आफ्नो घर भएको बताउँदै आफु यस ठाउँमा फर्कने बताएका हुन्। बिदा हुँदै गर्दा उनले आफ्नो चाहना क्लब छाड्न नरहेकोसमेत प्रस्ट पारे।
बार्सिलोनाको एकेडेमीमा हुर्किएका मेस्सीले २१ वर्ष बिताएर क्लब छाडेका हुन्। ला लिगाको वित्तीय संरचनाको कानुनी अडचनले गर्दा मेस्सीले बार्सिलोनासँगको सम्झौता नवीकरण गर्न असफल भएका थिए ।
३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए। त्यसयता मेस्सी टिमको महत्वपूर्ण सदस्य रहदै आएका थिए।