ओलम्पिकमा किन हुँदैन क्रिकेटको प्रतिस्पर्धा?

पहिलोपोष्ट

काठमाडौं

कोभिड-१९ त्रासकाबीच शुरु भएको टोकियो ओलम्पिक केही दिनअघि सकियो। जहाँ चर्चित खेलहरुदेखि कमै नाम सुनिएका खेलहरुमा विश्वभरबाट खेलाडीले प्रतिस्पर्धा गरे।

धेरै खेलहरुको प्रतिस्पर्धा चलिरहँदा त्यहाँ छुटेको एउटा चर्चित खेल थियो क्रिकेट। नेपाललगायतका क्रिकेटमा फ्यानबेस भएका देशहरुलाई यसमा चासो लाग्नु स्वभाविक पनि हो। र, अर्को तथ्य भनेको ओलम्पिकमा क्रिकेट अहिलेसम्म समावेश नै भएको भन्ने पनि होइन।

बुधवारमात्र अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आइसीसीले अमेरिकामा हुने २०२८ को ओलम्पिकबाट समावेश हुने इच्छा जनायो। यसका लागि एउटा समिति नै बनाएर आइसीसी लाग्ने भएको छ।

हरेक ओलम्पिकमा नयाँ खेलहरु समावेश भइरहँदा क्रिकेट पनि ओलम्पिकमा समावेश भए यो नौलो कुरा भने हुनेछैन। जस्तो की २००८ मा बेङजिङ ओलम्पिकबाट समावेश गरिएको बेसबलले टोकियो ओलम्पिकमा पनि निरन्तरता पायो।

त्यस्तै २०२४ को ओलम्पिकमा ब्रेक डान्सलाई पनि खेलका रुपमा समावेश गराउने तयारी रहेको छ। त्यसबाहेक चेयर लिडिङलाई पनि खेलको रुपमा ओलम्पिकमा समावेश गराउने प्रस्तावहरु आइरहेका छन्। 

प्रकाशित मिति: : 2021-08-11 07:42:00

प्रतिकृया दिनुहोस्