तीन लाखबाट सुरू गरेका थिए, अहिले दर्जन बढी कम्पनीमा ४ अर्ब लगानी

सेतोपाटी

निर्मला घिमिरे

व्यवसायमा सुरूमै ठूलो लगानी गर्ने पुँजी सबैसँग हुँदैन। भएको थोरै लगानीबाट थालेर पुँजी बढाउँदै लैजान सकिन्छ। यसैको उदाहरण हुन् हिमालयन अर्गनाइजेसनका अध्यक्ष ध्रुव थापा।

जम्मा तीन लाख रूपैयाँ लगानी गरी मोटरसाइकल रिकन्डिसन सेन्टरबाट उनले व्यवसाय सुरू गरेका थिए। अहिले दर्जन बढी कम्पनी सम्हालिरहेका छन्।

'हिमालयन अर्गनाइजेसन छाता संस्था हो। यसभित्र घरजग्गा, होटल/हस्पिटालिटी, अटोमोबाइल्स, इञ्जिनियरिङ गरी १५ भन्दा बढी कम्पनी छन्,' थापाले सेतोपाटीसँग भने, 'मेरो एकल लगानी मात्रै चार अर्ब रूपैयाँ नाघिसकेको छ।'

रिकन्डिसन सेन्टरबाट व्यापारिक समूहसम्म आइपुग्न थापाले थुप्रै अप्ठ्यारा पार गरे। सबै परिस्थितिसँग सामना गर्ने ऊर्जा भने सानै उमेरदेखि आफूमा भएको नयाँ सोचले दिएको बताउँछन् उनी।

प्रकाशित मिति: : 2021-08-12 07:44:00

प्रतिकृया दिनुहोस्