चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ। बिहीबार भएकाे खेलमा भिल्ला रियललाई सडेनडेथमा हराउँदै चेल्सीले सिजनको पहिलो उपाधि जितेको हो।
निर्धारित समयको खेलमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो। जसमा चेल्सीले बाजी मारेको हो।
खेलका २७ औं मिनेटमा चेल्सीमा हाकिम जियाचको पहिलाे गोल गरेर अग्रता कायम गरेका थिए। त्यस्तै ७३ औं मिनेटमा भिल्ला रियलका जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।
युईएफले हरेक वर्ष सिजन सुरु हुनु अघि युरोपेली क्लब फुटबलका दुई ठुला प्रतियोगिताका विजेतालाई मैदान उतार्ने गर्छ। नयाँ सिजन सुरु हुनु अघि दुवै टिम सुपर कपका लागि प्रतिस्पर्धामा उत्रिएका थिए।