विदेशको मरुभूमिमा पसिना बगाउनुपर्ने बाध्यताको अन्त्य कहिले ?

अनलाइनखबर

काठमाडौँ

रोयल आचार्य

 

 आज १२ अगष्ट, २२औ अन्तर्राष्ट्रिय युवा दिवस । नेपाल सहित विश्वभर ‘खाद्य प्रणालीमा रूपान्तरण : मानव र भूमण्डलीय स्वास्थ्यका लागि युवा नवप्रवर्तन’ भन्ने मूल नाराका साथ युवा दिवस मनाइँदैछ । युवासँग सम्बन्धित गैरसरकारी संघ–संस्थाहरू पनि यो दिवस मनाउन जुटेका छन् ।

युवाका सवाल सम्बोधन गर्न संयुक्त राष्ट्रसंघले सन् १९९९ मा हरेक वर्ष अगष्ट १२ मा अन्तर्राष्ट्रिय युवा दिवस मनाउने निर्णय गरेसँगै २००० देखि विश्वभर युवा सम्बन्धी विविध कार्यक्रम हुँदै आएका छन् ।

नेपालमा भने युवा दिवस केवल औपचारिकतामै सीमित हुने गरेको छ । राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवाले दिएको भिडियो सन्देशलाई यही औपचारिकताको सिलसिला मात्र मानिएको छ ।

युवा उद्यमी मञ्चका अध्यक्ष उदीपनारायण श्रेष्ठ कुल जनसंख्यामा ४० प्रतिशत युवा रहे पनि उनीहरूको सवाललाई नीतिनिर्माणदेखि कार्यान्वयनसम्म बेवास्ता गरिएको बताउँछन् । ‘धेरैजसो नेपाली युवा विदेशको मरुभूमिमा पसिना बगाउन बाध्य छन्’ उनी भन्छन्, ‘कोरोना महामारी पछि त उनीहरूलाई विदेश जान पनि सकस परेको छ ।’

प्रकाशित मिति: : 2021-08-12 21:16:00

प्रतिकृया दिनुहोस्