नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङले भारतको ‘फ्यान्स प्लेयर अफ दि सिजन’को अवार्ड जितेका छन्।
भारतको शीर्ष डिभिजन लिग हिरो आईलिगले बिहीबार चेम्जोङले ‘फ्यान्स प्लेयर अफ दि सिजन’ अवार्ड प्राप्त गरेको जनाएको छ।
किरणले पन्जाब एफसीबाट आईलिग खेलेका थिए। उनले १४ खेलमा ७ क्लिन सिट हात पारेका थिए। यस्तै किरणले विपक्षीको ५६ सट रोकेका थिए।
यस अघि चेम्जोङले ‘आईलिग फ्यान अफ दि सिजन’ अवार्ड जितेका थिए।