राहुलको उत्कृष्ट शतकमा भारतकाे सानदार सुरूवात

Photo - AP
Photo - AP

ओपनर लोकेश राहुल (केएल) को उत्कृष्ट शतकको सहयोगमा भारतले इंग्ल्यान्डसँगको दोस्रो टेस्ट खेलमा सानदार सुरुवात गरेको छ।

लर्ड्समा जारी टेस्टको पहिलो दिन सकिदा भारतले ३ विकेट गुमाएर २ सय ७६ रन बनाएको छ।

भारतका लागि केएल राहुलले शतकीय इनिङ्स खेले। अविजित रहदै क्रिजमा रहेका राहुलले १ सय २७ रन बनाएका छन्। अजिन्का रहाने १ रन बनाएर खेलिरहेका छन्।

राहुलले आफ्नो टेस्ट करीअरको छैटौं शतक २ सय १२ बलमा पूरा गरेका थिए। राहुलले मार्कवुडलाई चौका प्रहार गर्दै शतक प्रहार गरेका थिए।

इंग्ल्यान्डका जेम्स एण्डरसनले २ तथा ओली रोबिनसनले १ विकेट लिए।

दिनको अन्तिम समयमा विराट कोहली ओली रोबिन्सनको बलमा जो रुटबाट ४२ रनमा क्याच आउट भए। कोहलीले १ सय ३ बलमा ३ चौका प्रहार गरे। अजिक्या रहाणे १ रनमा अविजित छन्।

प्रकाशित मिति: : 2021-08-13 07:10:00

प्रतिकृया दिनुहोस्