मकैबारीको स्याल धपाउन हानेको गोली लागेर छोराको मृत्यु

पाल्पामा मकैबारीमा स्याल धपाउन बाबुले हानेको भरूवा बन्दुकको छर्राले लागेर छोराको मृत्यु भएको छ। 

पाल्पाको रैनादेवी छहरा गाउँपालिका- ६ जुठापौवास्थित तल्लोतालका ३५ वर्षीय धनबहादुर लम्तरीको बाबुले हानेको बन्दुकको छर्राले लागर मृत्यु भएको प्रहरीले जनाएकाे छ। 

‘शुक्रबार बेलुका ५६ वर्षीय कर्णबहादुर लम्तरीले बारीमा आएको स्याललाई भरूवा बन्दुक हान्दा छर्राले छोरालाई लागेर ज्यान गएकाे हाे। ’ जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रामेश्वर त्वातीले भने।  

प्रकाशित मिति: : 2021-08-14 11:19:00

प्रतिकृया दिनुहोस्