कांग्रेस महाधिवेशन सर्‍यो, मंसिर ९ देखि १३ गतेसम्म गर्ने निर्णय

तेजन खड्का

काठमाडौँ
File photo
File photo

नेपाली काँग्रेसले पार्टीको १४औँ महाधिवेशनको नयाँ कार्यतालिका ल्याएको छ। 

काँग्रेस केन्द्रीय समिति बैठकले पार्टीको १४औँ महाधिवेशन ९ देखि १३ मङ्सिरमा गर्ने गरी नयाँ कार्यतालिका ल्याएको काँग्रेस सहमहामन्त्री डा. प्रकाशसरण महतले जानकारी दिए।

भदौ १६ देखि १९ गतेसम्म तोकिएको महाधिवेशन हुन नसकेपछि कांग्रेसले तीन महिना पछि अर्को महाधिवेशन मिति तोकेको हो। 

त्यस्तै भदौ २ गते निर्वाचन निर्देशिकालाई अन्तिम रुप दिने कांग्रेसको कार्यतालिका छ। भदौ २ गतेभित्र नै क्रियाशील सदस्यको अन्तिम नामावली बुझाउने र वडा अधिवेशन असोज १८ गते गर्ने निर्णय भएको  काँग्रेस सहमहामन्त्री डा.प्रकाशसरण महतले जानकारी दिए। 

वडा अधिवेशन भदौ १८, गाउँ तथा नगर अधिवेशन भदौ २७, प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन असोज १, संघीय निर्वाचन क्षेत्रको अधिवेशन असोज ५, जिल्ला अधिवेशन असोज १० र प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्मका लागि तोकिएको छ। 

प्रकाशित मिति: : 2021-08-14 20:50:00

प्रतिकृया दिनुहोस्