राष्ट्रिय गौरवको आयोजनाकै बेहाल

रातोपाटी

ध्रुव भट्टराई

सामान्य अवस्थामा कुल ४४ किलोमिटर लामो सडक निर्माण सम्पन्न गर्न कति समय लाग्दा ? बढीमा ५/६ वर्ष या सात वर्ष । तर यस्तो पनि सडक छ, जो राष्ट्रिय गौरवको आयोजना भनिए पनि निर्माण सुरु भएको ९ वर्षसम्म पूरा हुन सकेको छैन ।

रानी–विराटनगर–इटहरी–धरान हुँदै किमाथाङ्का जोड्ने राष्ट्रिय गौरवको ६ लेन सडक निर्माणको काम यही अवस्थामा अघि बढेमा निर्माण सम्पन्न हुन अझै वर्षौं लाग्ने देखिन्छ ।

साविकको दुई लेनको सडकलाई विस्तार गरी ६ लेनको  बनाउने काम ९ वर्षदेखि भइरहेको छ । तर, सुनसरीको दुहवी र धरानको तीनकुनेदेखि धरान बजार क्षेत्रमा सडक विस्तारका लागि सडकमा पर्ने जग्गा ‘क्लियर’ गर्ने काम अहिले पनि सम्पन्न हुन सकेको छैन । जसका कारण ती दुई क्षेत्रमा सडक विस्तारको काम कहिले सम्पन्न हुन्छ भन्नेमा अन्यौल कायम छ ।

आर्थिक वर्ष २०७५/०७६ सम्ममा विराटनगरको रानीदेखि सुनसरीको धरानसम्म ६ लेनको सडक बनाइसक्नु पर्ने समयसीमा थियो । तर आयोजनाको अहिलेसम्म कामको प्रगति भने ७५ प्रतिशत मात्र पूरा भएको छ । सडक विस्तारको क्रममा विभिन्न भागमा अहिले पनि विवाद कायम छ ।

प्रकाशित मिति: : 2021-08-16 07:28:00

प्रतिकृया दिनुहोस्