प्रधानमन्त्री शेरबहादुर देउवाले अफगानिस्तानमा रहेका नेपालीको उद्धारका लागि सरकार गम्भीर रहेको बताएका छन्।
अफगानिस्तानमा रहेका नेपालीको स्थिति बुझ्न र अत्यावश्यक स्थितिमा उद्धार प्रवन्ध मिलाउन निर्देशन दिइसकेको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले सरकारले गम्भीरतापूर्वक जिम्मेवारी निभाउने बताएका हुन्।
उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘सुरक्षा र उद्वार प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय र अभिभावकत्व सरकारको दायित्व हो। सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निभाउनेछ।’