‘क्यालिब्रेसन फ्लाइट’ पर्खिंदै गौतमबुद्ध विमानस्थल (भिडिओ)

भगवती पाण्डे

रूपन्देहीको भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल जहाज उडान र अवतरणका लागि तयार भएको तीन महिना पहिले नै हो।

तर धावनमार्ग, कन्ट्रोल टावर लगायतका क्षेत्रमा जडान गरिएका महत्वपूर्ण विद्युतीय उपकरणले कतिको काम गर्छन् भन्ने परीक्षण गर्न बाँकी रहेकाले यो सञ्चालनमा आउन सकेको छैन। यहाँ जडान गरिएका विद्युतीय उपकरण कति ठिक छन् र कति काम गर्छन् भन्ने जान्न विशेष प्रकारको जहाजबाट मात्र परीक्षण गर्नुपर्छ।

तर विद्युतीय उपकरणको परीक्षण गर्ने ‘क्यालिब्रेसन फ्लाइट’ नआउँदा निर्माणको काम पूरा भए पनि विमानस्थल सञ्चालनमा कहिले आउँछ भन्ने अनिश्चित बनेको छ।

विमानस्थल आयोजना प्रमुख ईञ्जिनियर प्रवेश अधिकारीका अनुसार विमानस्थलको टावर, धावनमार्ग लगायतका क्षेत्रमा आवश्यक सबै विद्युतीय उपकरण जडान गर्ने काम चैत दोस्रो सातामै सम्पन्न भइसकेका थिए। तर कोभिड-१९ को जोखमका कारण विमानस्थलको ‘आइसिबी जिरो टु’ अन्तर्गतको काम गरिरहेको थाइल्याण्डको एरो थाई कम्पनीले दक्ष कामदार नपठाउँदा क्लालिब्रेसन फ्लाइट हुन सकेको छैन।

प्रकाशित मिति: : 2021-08-16 13:05:00

प्रतिकृया दिनुहोस्