नेप्से परिसूचक ५.७२ अंकले बढ्दा कारोबार १६ अर्ब

File photo
File photo

सोमबार  नेप्से परिसूचक ५.७२ अंकले उकालो लागेको छ। 

आइतबार नेप्से ओरालो लागे पनि कारोबार रकम २१ अर्ब नाघेर नयाँ रेकर्ड कायम गरेको थियो। तर सोमबार भने लगभग १५ अर्ब रुपैयाँको सेयर कारोबार भएर बजार पुरानै लयमा फर्किएको छ।

सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ५.७२ अंकले बढेर ३ हजार १६०.०५ अंकमा पुगेर कारोबार बन्द भएको हो।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ३.५६ ले बढेर ५९२.९३ मा पुगेको छ।

आज कुल २२७ कम्पनीको २ करोड ८६ लाख १७ हजार ८०५ कित्ता सेयर १५ अर्ब ९३ करोड ८९ लाख ७ हजार ९३८ मूल्यमा खरिदबिक्री भएका छन्।

कारोबार भएका कुल १३ उपसमूहमध्ये आज ७ वटा उपसमूहको सेयर उकालो लागेको छ भने बाँकी ६ वटा उपसमूहको सेयर ओरालो लागेको छ। उत्पादक कम्पनीको १५८.९८ ले बढेको छ भने जीवन बीमा १७२.८७ ले घटेको छ।

कारोबारका आधारमा आज नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको ७४ करोडबराबरको कारोबार भएको छ।

कर्पोरेट विकास बैंक लिमिटेटलगायतका ५ वटा कम्पनीहरुको सेयरमा १० प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लाग्यो भने आईसीएफसी फाइनान्स लिमिटेडको ६.२७ प्रतिशतले गुमेको छ।

प्रकाशित मिति: : 2021-08-16 16:25:00

प्रतिकृया दिनुहोस्