अमेरिकी ‘निफ चलचित्र महोत्सव’मा मगर फिल्म ‘ट्याङ्चलाक’ सहित ७ फिल्म छनौट 

दक्षिण अफ्रिकामा विश्व आदिवासी दिवस २०२१ को अवसरमा मगर फिल्म ‘ट्याङचलाक’ सहित ७ फिल्म प्रदर्शन हुने भएको छ। 

अमेरिकामा बसोबास गर्दै आईरहेका आदिवासीहरुले सञ्चालन गरेको ‘निफ चलचित्र महोत्सव’मा प्रदर्शनका लागि विभिन्न ७ भाषाका फिल्म छनौटमा परेका हुन्।

विश्व आदिवासी दिवसको अवसरमा आयोजना गरिएको उक्त महोत्सवमा  उत्कृष्ट ७ को सूचिमा परेका फिल्महरु अगष्ट २१ र २२ मा प्रदर्शन हुनेछ।

 ‘मि न्होर्वै’ गुरूङ, ‘प्रङना’ तामाङ, ‘मेतोक’ ह्योल्मो, ‘जा मनःगुभाजु’ नेवार ‘ट्याङचलाक’ मगर, ‘सायाबुङ’ राई र ‘के’ लिम्बू भाषाको फिल्म छनौटमा परेको हो।

मगर भाषाको फिल्म ‘ट्याङचलाक’ यसअघि ४२ वर्षदेखि हुँदै आएको ‘डर्बान अन्तर्राष्ट्रयि चलचित्र महोत्सव’ उत्कृष्ट ३५ फिल्ममध्येमा पनि छनौट भएको थियो। 

तीन सय फिल्महरुमध्ये छानिएको मगर भाषा चलचित्रको नेपाली अर्थ ट्याङ्चलाक अर्थात उज्यालो हो।  

प्रकाशित मिति: : 2021-08-16 16:38:00

प्रतिकृया दिनुहोस्