‘बेलायतको चरम भेदभावविरुद्ध गोर्खाहरू आमरण अनशन बसेका हुन्’

अनलाइनखबर

काठमाडाैं

युवराज संग्रौला

समान तलब, पेन्सन र अन्य कल्याणकारी सुविधाको माग गदै भूतपूर्व ब्रिटिश गोर्खा सैनिक १० दिनदेखि बेलायती प्रधानमन्त्री बोरिस जोन्सोनको कार्यालय टेन डाउनिङ स्ट्रिटबाहिर आमरण अनसनमा बसिरहेका छन् । तर, उनीहरुको मागको सम्बन्धमा बेलायतले अहिलेसम्म कुनै औपचारिक प्रतिक्रिया दिएको छैन ।

भूतपूर्व गोर्खा सैनिकले आन्दोलन गरेको यो पहिलोपटक भने होइन । विशेषतः सन् १९९० देखि उनीहरु लगातर आन्दोलनमा छन् र आफ्ना केही माग सम्बोधन गराउन सफल पनि भएका छन् । गोर्खा सैनिकको कानूनी र राजनीतिक लडाइँमा शुरुदेखि नै संलग्नमध्येका एक हुन् अधिवक्ता डा. युवराज संग्रौला । उनले गोर्खा सैनिकको संघर्षको इतिहास समेटेर गोर्खा बिग्रेड नामक पुस्तक पनि प्रकाशन गरेका छन् । गोर्खा सैनिक आन्दोलनका विविध विषय समेटेर अनलाइनखबरकर्मी निर्भिकजंग रायमाझीले गरेको कुराकानीको सम्पादित अंश :

अहिले भूतपूर्व गोर्खा सैनिकले गरिरहेको आन्दोलनको मुख्य माग के हो ?

बेलायती सेनामा रहेका बेलायती र नेपालबाट भर्ती भएका गोर्खा सैनिकबीच धेरै ठूलो भेदभाव छ । यसैले भूतपूर्व गोर्खाहरू दुई दशकदेखि निरन्तर आन्दोलन गरिरहेका छन् । तलबभत्ता, पेन्सन तथा सेवा–सुविधामा नेपाली भएकै कारण चरम भेदभाव गरिएकाले भुपू गोर्खाहरू अहिले लण्डनमा आमरण अनशन नै बसिरहेका छन् ।

नेपाल सरकारले बेलायतसँग कुरा गरेर तत्काल समाधानको प्रयास गरोस् भन्ने नै आन्दोलनको मुख्य माग हो । यसबाहेक सबै असमान सन्धि–सम्झौता खारेज गर्ने तथा गोर्खा भर्ती सधैंका लागि बन्द गर्ने कुरा अर्को मुख्य माग हो ।

प्रकाशित मिति: : 2021-08-16 17:35:00

प्रतिकृया दिनुहोस्