बायर्न बन्याे जर्मन सुपर कप च्याम्पियन

Photo by Lars Baron/Getty Images
Photo by Lars Baron/Getty Images

साविकको विजेता बायर्न म्यूनिख जर्मन सुपर कप च्याम्पियन बनेको छ। डर्टमुन्डलाई ३–१ ले हराउँदै बायर्न लगातार दोस्रो सिजन सुपर कप च्याम्पियन बनेकाे हाे।

सिग्नल इडुन पार्कमा मंगलबार राति भएको खेलमा बायर्नलाई च्याम्पियन बनाउन पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीले खुई तथा थोमस मुलरले एक गोल गरे। बोरुसियाका मार्काे रिउसले एक गोल फर्काए।

खेलको ४१औं मिनेटमा रोबर्ट लेवान्डोस्कीको गोलबाट बायर्नले पहिलो हाफमा १–० को अग्रता लिएको थियो। दोस्रो हाफको शुरुमै थोमस मुलरले गोल गर्दै बायर्नको अग्रता दोब्बर पारे। त्यस्तै, ६४औं मिनेटमा कप्तान मार्काे रिउसले गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्काए। तर, त्यसकाे १० मिनेटपछि लेवान्डोस्कीले गाेल गर्दा बायर्न  जित निकालेकाे थियाे।

बायर्नको यो सिजनको पहिलो उपाधि हो। प्रि–सिजन र बुन्डेसलिगाको पहिलो खेलमा जित निकाल्न नसकेको बायर्नले सुपर कपमा भने जित निकाल्न सफल भएको हो। 

प्रकाशित मिति: : 2021-08-18 06:56:00

प्रतिकृया दिनुहोस्