चीनबाट थप १६ लाख डोज ‘भेरोसेल’ खोप ल्याइँदै

नेपाल सरकारले चीनबाट थप १६ लाख डोज खोप ल्याउने भएको छ। चीनले अनुदान स्वरुप दिएको कोभिड-१९ विरुद्धको खोप लिन नेपाल वायुसेवा निगमको वाइडबडी जहाज चीन जाने भएको हो।

बुधबार गएको जहाज राति १२ बजे फर्कने तालिका रहेको छ। बिहीबार बिहान ७ बजे गएर राति ८ बजे फर्कने उडान तालिका रहेको निगमले जनाएको छ।

केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा चिनियाँ राजदूत हाउ यान्छीले थप १६ लाख डोज खोप अनुदानमा दिने बताएकी थिइन् । सोही खोप बुधबार (आज) र बिहीबार (भोलि) को उडानमा आउन लागेको हो।

चीनले यसअघि पनि दुईपटक गरेर १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ।

प्रकाशित मिति: : 2021-08-18 12:56:00

प्रतिकृया दिनुहोस्