हलिउड चर्चित गायक बब डिलनलाई यौन शोषणको आरोप लागेको छ। १२ वर्षको हुँदा डिलनले यौन शोषण गरेको भन्दै एक महिलाले उनीमाथि आरोप लगाएकी हुन्।
जेसी नाम गरेकी महिलाले गत साता डिलनविरुद्ध एक उजुरी दर्ता पनि गरेकी छिन्। जसमा डिलनले २३–२४ वर्षको उमेरमा संगीतकार भएको फाइदा उठाउँदै मदिरा खुवाएर कयौँ पटक आफ्नो यौन शोषण गरेको आरोप छ।
हाल ६८ बर्ष पुगेकी ती महिलाले आफूमाथि लगाएको आरोप शतप्रतिशत झुटो रहेको डिलनको भनाई छ। हाल उनको मुद्दा न्युयोर्कको सुप्रिम कोर्टमा चलिरहेको संचार माध्यममा उल्लेख छ।