आगमी अक्टोबरमा युएई र ओमानमा हुने आईसीसी टी-२० विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टिमको घोषणा गरेको छ। आरोन फिन्चको कप्तानीकाे टोलीमा खेलाडी डेविड वार्नर, स्टिभ स्मिथ र ग्लेन म्याक्सवेललगायतका खेलाडी रहेका छन्।
अष्ट्रेलियाले घोषणा गरेकाे टिममा फिन्च र कुमिन्ससँगै एस्टन अगर, मिचेल स्टार्क, जोस हाजलउड, मार्कुस स्टोनिस, जोश इंगलिस, मिचेल स्विपसन र मिचेल मार्श रहेका छन्। जसमा तीन जना वैकल्पिक खेलाडी समावेश गरिएकाे छ।
टी-२० विश्वकप अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म हुनेछ। सुपर १२ को समूह १ मा रहेको अष्ट्रेलियाले अक्टोबर २३ मा दक्षिण अफ्रीकासँग खेल्दै विश्वकपको सुरुवात गर्नेछ।
यस्ताे छ अष्ट्रेलिया खेल तालिका
अक्टोबर २३ : अष्ट्रेलियाविरुद्ध दक्षिण अफ्रिका, आबूधाबी
अक्टोबर २८ : अष्ट्रेलियाविरुद्ध समूह 'ए' को विजेता, दुबई
अक्टोबर ३० : अष्ट्रेलियाविरुद्ध इंग्ल्यान्ड, दुबई
नोभेम्बर ४ : अष्ट्रेलियाविरुद्ध समूह 'बी' को उप-विजेता
नोभेम्बर ६ : अष्ट्रेलियाविरुद्ध वेस्टइन्डिज